August 1st, 2016

Agro Enterprise Bulletin- 2073

यस अंकमा:
१  कृषि उद्यम केन्द्रको छोटो परिचय
२  प्रमुख गतिविधिहरु
३  सहकार्यमा संचालित आयोजनाहरु र केन्द्रका अन्य गतिविधीहरु
४  कृषि बजार सूचना सेवाको छोटो परिचय
५  कृषि बजार सुचना सेवा सम्बन्धि जानकारी तथा प्रयोग विधि
७  २०७२/२०७३ सालको केहि प्रमूख वस्तुहरुको मूल्य स्थिति
परिचय
कृषि उद्यम केन्द्र (AEC)ब्यवसायीहरुको प्रतिनिधित्व गर्दै कृषि विकासका लागि आफ्ना परिमार्जित कार्यक्रमहरु अगाडि बढाएकोछ।/नेपाल र नेपाल सरकार कृषि विकास मन्त्रालय बिच आपसी समझ्दारीमा सम्झौता भई स्थापना भएको हो ।  बिगत २४ बर्षमा कृषि उद्यम केन्द्रले कृषि ब्यवसायको विकास एवं प्रवद्र्धन कार्यमा सकृय भुमिका खेल्दै आएको छ । गत २०५९ आश्विन महिना देखि कृषि उद्यम केन्द्रले आफ्नो परिलक्ष र दीर्घकालिन सोचमा केहि परिवर्तन ल्याई निजी क्षेत्रका कृषि उद्यमी/ , नेपाल उद्योग बाणिज्य महासंघ (ने.उ.बा.महासंघ) को कृषिसंग संम्बन्धित एकाईको रुपमा २०४८ भाद्र महिनामा ने.उ.बा.महासंघ र यू.एस.एड.
परिलक्ष ::Mission
ब्यवसायहरुको विस्तार तथा सुदृढिकरण गर्ने ।/उच्च मुल्यका कृषि वस्तुहरुको आन्तरिक र अन्तर्राष्ट्रिय बजारमा बिक्री परिमाण र मुल्यमा बृद्धि गराउन नीजि क्षेत्र निर्देशित बजारमुखी कृषि उद्योग
दीर्घकालिन सोच (Vision)
राष्ट्रिय स्तरमा सवल, सशक्त, दिगो र नीजि क्षेत्र निर्देशित उच्च आर्थिक विकासमा योगदान पूर्‍याउन सक्ने कृषि उद्योग ब्यवसायहरुको स्थापना गर्ने ।
प्रमुख गतिविधिहरु
१। नीतिगत पैरवि तथा नीतिगत सल्लाह सुझाव अध्ययन
२। उच्च मूल्यका साथै निर्यातयोग्य कृषिजन्य वस्तुहरुको बजार तथा मागको विश्लेषण 
३। कृषि ब्यापार मेला प्रदर्शनी तथा नयां कृषि ब्यवसायको लागि सेवा टेवाद्वारा ब्यापार ब्यवसायको विकास
४। कृषि संग सम्बन्धित वस्तुगत संघहरुको सुदृढिकरणका लागि उक्त संघहरुको विकास एवं विस्तार कार्यक्रमहरुमा सहयोग
५। कृषि ब्यवसाय तथा कृषि बजार सम्बन्धि सुचना सेवा
६। नेपाल सरकारसंगको सहकार्यमा कार्यक्रम संचालन ।

नेपाल सरकारसंगको सहकार्यमा संचालित आयोजनाहरु 
) एक गाउँ एक उत्पादन (OVOP) /एक जिल्ला एक उत्पादन (ODOP)  कार्यक्रम:– सुरूमा यो कार्यक्रम पाइलट प्रोजेक्टको रूपमा ५ वर्षको लागि भनी सञ्चालनमा ल्याइएको थियो । कार्यक्रमको पहिलो वर्षमा ४ वस्तुसहित  ७ जिल्लामा लागू गरिएको थियो र हरेक वर्ष क्रमीक रुपमा विस्तार गरिएको छ । हाल १० जिल्लाबाट फेज आउट बाहेक आ.व. २०७२/७३ मा २८ वस्तुहरूसहित ४५ जिल्लाहरूमा सञ्चालन भइरहेको छ ।
यो अवधारणा ‘एक गाउ एक उत्पादन’ (OVOP) कार्यक्रमको अवधारणामा नै आधारित छ । ovop को सफल कार्यान्वयनबाट प्रभावित भई odop कार्यक्रम वि.सं. २०६८/६९ देखि संचालित यो कार्यक्रम आ.व. २०७२/७३ सम्ममा १४ जिल्लाहरुमा १३ वटा वस्तुहरुको उत्पादन तथा प्रवद्र्धन प्रक्रिया चलिरहेको र भविष्यमा क्रमश: ७५ वटै जिल्लामा सञ्चालन गर्ने नेपाल सरकारको लक्ष्य रहेको छ ।
) उच्च मूल्य कृषि वस्तु विकास आयोजना (HVAP)– यो आयोजना आ.व. ०६७/६८ बाट ६ वर्षको लागि सञ्चालनमा रहेको, हाल नेपालको प्रमुख ७ जिल्लामा संचालित यो कार्यक्रमले छिन्चु–जाजरकोट, सुर्खेत–दैलेख र सुर्खेत–जुम्ला (कर्णाली लोकमार्ग) सडक–खण्ड आसपासका क्रमश: सुर्खेत, जाजरकोट, सल्यान, दैलेख, कालिकोट, जुम्ला र अछाममा यो आयोजना कार्यान्वयन भइरहेको छ ।
) उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार (HIMALI) आयोजना:– यो आयोजना नेपाल सरकार र उक्त बैंकबीच अक्टुबर २०११ बाट ६ वर्षको लागि सञ्चालनमा रहेको छ । यो आयोजना उच्च पहाडी जिल्लाका बासिन्दाहरूको आय वृद्धि गर्ने र जीविकोपार्जनमा दिगो सुधार ल्याउने मूख्य उद्देश्यका साथ हिमाली भेगको १० जिल्लामा यो आयोजना संचालनमा छ । यो आयोजना हुम्ला, मुगु, जम्ला, डोल्पा, मुस्ताङ्ग, मनाङ्ग, रसुवा, दलखा, सोलुखुम्बु र संखुवासभा जिल्लामा लागु छ । 
) साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना (RISMFP) यो आयोजना एसियाली विकास बैंकबाट नेपाल सरकारलाई प्राप्त अनुदान सहयोगमा जुन २०११ बाट सात वर्षको लागि नेपालको मध्य र सुदूर पश्चिमाञ्चल विकास क्षेत्रका १० जिल्लाहरूमा (बाके, बर्दिया, दाङ, सुर्खेत, दैलेख, कैलाली, डडेल्धुरा, डोटी, बैतडी र दार्चुला) मा लागू भइरहेको छ ।
) किसानका लागि उन्नत बीउविजन कार्यक्रम  (KUBK)– अन्तर्राष्ट्रिय कृषि विकास कोष IFAC ले पश्चिमाञ्चल विकास क्षेत्रका गुल्मी तथा अर्घाखााची र मध्यपश्चिमाञ्चल विकास क्षेत्रका रुकुम, रोल्पा, सल्यान तथा प्युठान जिल्लाहरुमा लागू हुने गरि सन् डिसेम्बर २०१२ मा शुरु गरिएको हो । 
) नेपाल एकीकृत व्यापार रणनीति कार्यक्रम (NTIS) – नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालय र ने.उ.वा. महासंघ/कृषि उद्यम केन्द्रको साझेदारीमा सञ्चालन भएको यो आयोजना अन्तर्गत गुणस्तरीय अदुवा वितरण र सुरक्षित भण्डारण कार्यक्रम ४ वटा जिल्लाहरू (धादिङ्ग, पाल्पा, स्याङ्जा र डडेलधुरा) मा सञ्चालित छ ।
) कृषि उत्पादकत्व व्यवसायीकरणमा पहल (IAPAC) :– खाद्यमा पोषणको कमी र खाद्य असुरक्षा धेरै भएका भौगोलिक क्षेत्रहरूमा खाद्य सुरक्षा र पोषणमा सुधार गरी कृषिको विकास गर्न नागरिक समाजका सम्बन्धित पक्षहरूलाई निर्णायक भूमिकामा सहभागिता सुनिश्चित गर्ने उद्देश्यका साथ लागू गरिएको यो कार्यक्रम युरोपेली संघ (ईयू) को आर्थिक सहयोगमा गत सन् मे २०१४ बाट तीन वार्षको लागि चालु रहनेछ ।
केन्द्रका अन्य गतिविधी:
) खाद्य मेला २०७२:– “परम्परागत, पोषिला एवं स्थानीय खाद्य पदार्थको प्रयोग गरौं, असल पोषणका लागि खाने वानीमा सुधार गरौं” भन्ने नाराका साथ यहि मिति २०७३ असार १० र ११ गतेका दिन भृकुटि मण्डपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजना तथा कृषि उद्यम केन्द्र र नेपाल खाद्य बैज्ञानीक तथा प्राविधिक संघको सह–आयोजनामा भएको खाद्य मेलाको नेपाल सरकार कृषि विकास मन्त्रालयको कृषि मन्त्री माननीय हरिबोल प्र. गजुरेलज्यू द्वारा मेलाको समुद्घाटन भयो । उक्त मेलामा यस केन्द्रद्वारा सहभागि जनाई यस केन्द्रद्वारा संचालित आयोजनाका गतिविधि तथा जिल्लाहरुमा भएको उत्पादन खाद्य वस्तुहरुको प्रदर्शन तथा बिक्रि वितरण कार्य भयो ।
यस खाद्य मेलामा नेपालको पूर्व देखि सुदुर पश्चिमाञ्चलसम्मको परम्परागत खाद्य पदार्थ प्रदर्शन देखि हालका आधुनिक खाद्य पदार्थको मेला एकै थलोमा राखी विभिन्न परिकारको प्रदर्शन भयो । 
) समृद्धिको बाटो, बृहत आर्थिक कार्यक्रम:– यस केन्द्रद्वारा प्रवद्र्धनमा नेपाल राष्ट्रिय नाचघरमा एक दिने प्रवद्र्धन तथा प्रदर्शन कार्यक्रममा नेपालको आर्थिक विकासमा टेवा पुर्‍याइ नेपालकै भूमिमा कृषि तथा स्वदेशी वस्तुहरुको उत्पादन गराई युवाहरुलाई रोजगारको अवसर दिलाई आत्मनिर्भर विकास गर्ने कार्य सहित विभिन्न वस्तु एवं कृषि सुचनाहरुबारे प्रदर्शन सम्पन्न भयो ।
) तालिम कार्यक्रमहरु:– यस केन्द्रबाट संचालित आयोजनाहरुबाट विभिन्न खाले तालिम सम्पन्न गर्नुका साथै सुर्खेतमा कृषि बजार सुचना सेवा (AMIS) अन्तर्गत HVAP Project द्वारा कृषक तथा व्यापार व्यवसायहरुलाई दुई दिने बजार सुचना सेवा बारे तालिम दिनुका साथै सुर्खेत उद्योग वाणिज्य संघको कार्यालयबाट पनि बजार सुचना सेवा सम्बन्धि छुट्टै वेवसाईटको विकास भई संचालिनमा ल्याईरहेको छ । जुन यस केन्द्रको अवधारणा अनुसार Sub Web Station को एक रुप हो । हाल उक्त  Sub Web मार्फत HVAPआयोजना अन्तर्गतका जिल्लाहरु (सुर्खेत, कालिकोट, दैलेख, जुम्ला, अछाम, जाजरकोट र सल्यान) को मूल्य सुची दैनीक रुपमा संकलन गरि सुर्खेतको वेब र यस केन्द्रको वेवमा एकै पटक Upload गरिने कार्य भइ रहेको छ । 
त्यस्तै गरि RISMFP project  द्वारा पनि नेपालगंज र डडेलढुरामा कृषि बजार सुचना सेवा सम्बन्धि २/२ दिने तालिम सम्पन्न भयो । जुन तालिममा RISMFPआयोजनाका जिल्लाहरु (बाकें, बर्दिया, दाङ्ग, दैलेख, सुर्खेत, कैलाली, डोटि, डडेलढुरा, दार्चुला र बैतडि) गरि १० जिल्लाका स्थानिय व्यवसाय तथा वाणिज्य संघका बजार मूल्य सुची संकलनकर्ता कर्मचारी र अन्य संघ संस्थाका पदाधिकारीहरुको सहभागितामा बजार सुचना सेवाको काम कार्य, यसको महत्व  र प्रयोग गर्ने विधिहरुको तालिम सम्पन्न गरियो ।
त्यस्तै गरि HIMALI आयोजना, OVOP/ODOP कार्यक्रमद्वारा विभिन्न जिल्लाका पदाधिकारी, कृषक तथा कृषि व्यवसायीहरुलाई Capacity Enhancement सम्बन्धि तालिम सम्पन्न गरियो ।     
कृषि बजार सुचना सेवा:
यस कार्यक्रम अन्तर्गत आफनो क्षेत्रीय पहिचान स्वरुप उत्पादन भएको वस्तुको मूल्य अवस्था यो कार्यक्रममा परेका जिल्लाहरुबाट हरेक वस्तुको मुल्य स्थिति दैनीक रुपमा संकलन गरि विभिन्न माध्यमद्वारा यस कृषि उद्यम केन्द्रलाई पठाई बिभिन्न माध्यमबाट यी दैनीक थोक मूल्य वस्तुहरुको प्रचार, प्रसार तथा वितरण कार्य भइरहेको छ ।

कृषि बजार सुचना सेवाको छोटो परिचय:
() बजार सूचना सेवा (Market Information Service, MIS)
कृषि उद्यम केन्द्रको प्रमूख गतिविधि मध्ये बजार सुचना सेवा पनि एक हो । यस गतिविधि अन्तर्गत नेपालका ३५ प्रमूख बजारहरु र भारतीय बजारहरुबाट तरकारी, फलफुल र मसलाजन्य बस्तुहरुको थोक मुल्य सुची संकलन, संप्रेशन र प्रवाह गर्ने कार्य दैनिक रुपमा गर्दै आइरहेको छ । साथै केन्द्रको बेवसाइट www.agripricenepal.com बाट पनि थोक मुल्य सुची प्रवाह गर्ने, टेलिफोन मार्फत Notice Board सेवा, SMS बजार मूल्य सूचि सम्बन्धि सूचना प्रवाह गरिदै आईरहेको र मोबाइलमा  "Krishi Udhyam Bazar" एप्लीकेशन प्रयोग गरि कृषि वस्तुहरुको विवरण राख्न सकिने ।

() थोक बजार मुल्य सम्बन्धि दैनिक, मासिक तथा बार्षिक मूल्य सूची संकलन
१ नेपालका बिभिन्न ३५ वटा प्रमुख बजारहरुबाट फलफुल, तरकारी, मासुजन्य बस्तु, दुध तथा दुग्ध जन्य पदार्थ, मसला, दालहन, तेलहन, खाद्यान्न, जडिबुटि तथा अन्य दैनीक उपभोग्य वस्तुहरुको दैनिक मुल्य सुची संकलन, Compilation र प्रवाह गर्ने कार्य नियमित रुपमा भैरहेको छ ।
२ संखुवासभा, धरान, इलाम, विर्तामोड, पांचथर ताप्लेजुङ्ग बजारबाट साप्ताहिक रुपमा अलैंचीको थोक मूल्य संकलन गर्दै आई रहेको छ । 
३ साथै यस वर्ष यस बजार सुचना सेवा कार्य अन्तर्गत विभिन्न जिल्लाका कृषि बजार सुचना सेवा यूनीट, कृषि व्यवसाय तथा कृषकहरुलाई उक्त सेवा संचालन र महत्वपूर्ण बारे तालिमको आयोजना भयो ।
४ यसै वर्ष यस सेवाको महत्वबारे जानकारीका लागि मोवाईल मार्फत कृषि उत्पादनलाई कसरी बजार तथा उपभोक्तासम्म सजिलै पुर्‍याउन सकिन्त भन्ने उद्देश्यले यस केन्द्रले  "KRISHI UDHYAM BAZAR" तयार गरिएको छ ।
५ साथै sms विधिबाट पनि विभिन्न जिल्लाहरुको वस्तुहरुको दैनीक मूल्य सूची प्राप्त गर्न सकिन्छ । जस्तै: aec kali potr टाईप गरि 37001 मा SMS गरि प्राप्त गर्न सकिन्छ । (kali भनेको kalimati बजार र potr भनेको potato red) अन्य बजार तथा वस्तुहरुको सूचिको लागि www.agripricenepal.com बाट प्राप्त गर्न सकिन्छ साथै Voice notice सेवा मार्फतबाट पनि प्राप्त गर्न सकिन्छ जस्तै: १६१८–०१–४२६२२६० डाईल गरि सुन्न सकिन्छ । 
(ग) "KRISHI UDYAM BAZAR" Appsको छोटो परिचय:
यो युग आधुनिक तथा प्रविधिको युग  मानिन्छ । यी आधुनिक तथा प्रविधि विकासको सिलशिलामा यस केन्द्रले कृषि वस्तुको आधुनीकिकरण विकासको सोच राखि यस प्रविधिबाट कसरी कृषकहरुद्वारा उत्पादित कृषि वस्तुहरु बजार व्यवसाय सामु सहजै रुपमा पुर्‍याउन सकिन्छ भनी यस Apps लाई तयार पारिएको हो । हाललाई यो सेवा Android मोबाइलबाट मात्रै लिन सकिन्छ जुन मोवाईलबाट Download गरि आफ्नो मोबाइलमा प्रयोग गर्न सकिन्छ । 
प्रयोग गर्ने विधि:
१ Android System भएको मोवाईलद्वारा Download गरि Install भई सकेपछि सवैभन्दा पहिला आफ्नो नाममा दर्ता गर्नु आवश्यक पर्छ ।  
२ दर्ता भई सकेपछि उक्त Apps मा देखाए अनुसार आफ्नो रुचि अनुसारको वस्तुहरुको विस्तृत जानकारी तथा आफुले चाहेको वस्तुहरुको विज्ञापन रुचिहरु राख्न र पाउन सकिन्छ । जुन सम्पूर्ण प्रयोग विधि www.agripricenepal.com मा हेर्न सकिन्छ ।
३ यो विधि दर्ता गर्न नि:शुल्क उपलब्ध छ । अन्य जानकारीको लागि तलको ठेगानामा सम्पर्क गर्न सकिन्छ ।
घ) SMS प्रणालीको छोटो परिचय: कृषि उद्यम केन्द्रले आफ्नो ग्राहक वर्गमा सूचना प्रवाह गर्नका लागि कृषिजन्य वस्तुको दर भाउ बारे दैनीक जानकारी उपलब्ध गराउन sms सेवा संचालन गरेको छ । सर्वसाधारणले यस SMS प्रणाली मार्फत कृषि वस्तुको दैनीक बजार मूल्य प्राप्त गर्नुका साथै, यस सेवा मार्फत आफ्ना जिज्ञासाहरु पठाउन र सोको जानकारी समेत प्राप्त गर्न सक्नेछन् ।
४ SMS  गर्ने विधि: प्रयोगकर्ताले सबैभन्दा पहिला GSM मोबाइलको मेसेज् SMS बक्समा गएर चित्रमा देखिए अनुसार aec स्पेस बजारको कोड स्पेस वस्तुको कोड टाइप गरि ३४००१ मा सेन्ड गरेको केहि क्षणमै आफुलाई नयां message प्राप्त हुन्छ । जस्तै (aec kali app send 37001)
ङ) यस केन्द्रको वेवसाइट प्रयोग गर्ने विधि:– किसान तथा कृषि व्यापार व्यवसायहरुले उत्पादित कृषि वस्तुहरुको मूल्य निधारणमा सहज होस् भन्ने  हेतुले यस केन्द्रले कृषि बजार सुचना सेवा सम्बन्धि वेवसाईटको विकास तथा प्रवद्र्धन गरि संचालनमा भइरहेको जानकारी गर्न विभिन्न जिल्लाहरुको दैनीक थोक वस्तु मूल्य सुचि यस केन्द्रको वेवसाइट www.agripricenepal.com बाट प्राप्त गर्न सकिन्छ । यसलाई प्रयोग गर्ने विधि निम्न अनुसार छ:
१ यस केन्द्रको वेवसाईटमा देखाए अनुसार सर्वप्रथम Sign up गरि आफ्नो नाम तथा संस्थाको नाममा दर्ता गर्नु जरुरी छ ।
२ यो दर्ता नि:शुल्क सेवा हो र यसबाट दैनीक रुपमा पांच दिन अगाडिको मात्रै थोक मूल्य सुची हेर्न सकिन्छ ।
३ यदि सो दर्ता मार्फत वार्षिक तथा मासिक रुपमा थोक मूल्य प्राप्त गर्नको लागि स:शुल्क अथवा यस केन्द्रसंग सम्बन्धित संघ, संस्थाको दर्तालाई सो सुविधा सेवा दिन सकिन्छ ।
४ पूर्ण रुपमा दर्ता भई सकेपछि वेवसाइटको sign in मा Click गरि आफनो नाममा रहेको इमेल ठेगाना र पासवर्ड राखि भित्र जाने ।
५ log in भई सकेको वेव पेजको दायां पट्टि Price Information मा Click गरि वस्तुगत वा बजारगत मुल्य सुची हेर्न सकिन्छ ।
६ यदि वस्तुगत जाने हो भने commodities price मा click  गर्ने र आफुलाई चाहिएको मिति मिलाई आफुलाई चाहिको वस्तुको मूल्य छनौट गरि प्राप्त गर्न सकिन्छ । र
७ बजार अनुसार प्राप्त गर्ने हो भने Market price मा click गरि सोहि विधि अनुरुप थोक मुल्य प्राप्त गर्न सकिन्छ ।